बेलौरी नगरपालिकाका वडाध्यक्ष रिजालको निधन

डिसी नेपाल
२४ फागुन २०८१ १०:१९
84
Shares

कञ्चनपुर । बेलौरी नगरपालिका–३ का वडाध्यक्ष सीताराम रिजालको गए राति निधन भएको छ। फोक्सोसम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय रिजालको आफ्नै निवासमा गएराति १२ बजेर ३० मिनेट जाँदा निधन भएको हो।

आज दिउँसो १० बजेदेखि ११ बजेसम्म उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा राखिने भएको छ। दिउँसो बेलौरीको भकुण्डास्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने रिजालका परिवारजनले जनाएका छन्।

वि.सं. २०७९ को स्थानीय तहको निर्वाचनमा रिजाल वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। उनकी श्रीमती डिलकुमारी रिजालको वि.सं. २०७९ मा निधन भएको थियो।

रिजालका स्थानीय तह निर्वाचनकै समयमा निधन भएको थियो। रिजालको निधनबाट नगरपालिकाले महत्त्वपूर्ण व्यक्ति गुमाएको नगर उपप्रमुख जोगराम चौधरीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *