देशको आर्थिक अवस्था कमजोर भएकामा राप्रपाको चिन्ता

डिसी नेपाल
२४ फागुन २०८१ १५:२७
64
Shares

वीरगञ्ज (पर्सा) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था कमजोर भएकामा चिन्ता व्यक्त गरेका छन्। राप्रपाले आज यहाँ आयोजना गरेको जनसभामा उनले देशको आर्थिक अवस्था कमजोर बनेकामा चिन्ता व्यक्त गरेका हुन्।

मुलुकभरबाट सङ्कलन भएको राजस्वले राष्ट्रसेवक कर्मचारीलाई तलबभत्ताको व्यवस्था गर्ननसक्ने परिस्थिति सृजना हुन लागेकामा चिन्ता व्यक्त गर्दै उनले विदेशी दातृ निकायसँग ऋण लिनुपर्ने अवस्था उत्पन्न हुन लागेको बताए। एक दशक अघिसम्म मुलुकको बाह्य र आन्तरिक ऋण रु सात खर्बको हाराहारीमा रहेकामा हाल त्यो रु २६ खर्ब नाघेकामा चिन्ता व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *