लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनुपर्छ : महामन्त्री गुरुङ

डिसी नेपाल
२४ फागुन २०८१ १५:४१
48
Shares

सिरहा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले लोकतान्त्रिक व्यवस्थाप्रति जनतालाई आशावादी बनाउनु सबै राजनीतिक दलको कर्तव्य भएको बताएका छन्। साथै यो व्यवस्थालाई अझ सुदृढ बनाउनु पनि उनीहरूको दायित्व भएको उनले बताए।

लहानमा आज भएको पत्रकार भेटघाटमा उनले जनतालाई लोकतान्त्रिक व्यवस्थाप्रति जनतालाई आशावादी बनाउन नसक्दा केही राजावादीले जनबलमा स्थापित वर्तमान व्यवस्थाप्रति वितृष्णा पैदा गर्ने दुष्प्रयास गरेका टिप्पणी गरे।

‘नेपाली जनताले लामो सङ्घर्ष र बलिदानबाट लोकतान्त्रिक व्यवस्था स्थापित गरेका हुन्’, उनले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत जनतालाई या व्यवस्थाप्रैति आशावादी बनाएर यसलाई अझ मजबुत बनाउनुपर्छ।’ महासचिव गुरुङले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई–मधेस जनजागरण अभियान’ बाट मधेसका जनतामा जागरण आएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *