‘रास्वपाप्रति जनताको आकर्षण बढिरहेको छ’

डिसी नेपाल
२४ फागुन २०८१ २०:३१
264
Shares

दमौली (तनहुँ)। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्लेले पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढिरहेको बताएका छन्।

पार्टीको भिमाद नगर समितिको आज आयोजित भेलालाई सम्बोधन गर्दै उनले देशभर पार्टीको पक्षमा जनलहर बढेरहेकाले जनताको विश्वास कायम राख्नेगरी काम गर्न सबै नेता, कार्यकर्तालाई आग्रह गरे।

तल्लो स्तरसम्म पुगेर पार्टीको गतिविधिलाई चलायमान बनाउन आग्रह गर्दै उनले सबै मिलेर पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए। जनताले पार्टीप्रति गरेको विश्वासलाई डगमगाउन नदिने उनको भनाइ छ।

पार्टीका जिल्ला संयोजक विश्व बास्तोला र व्यास नगर समितिका सभापति चुडामणि दाहालले जिल्लाका सबै पालिकामा पार्टीको भेलालाई तीव्र पारिएको जानकारी दिए।

भेलाले नगर समितिको सभापतिमा हरिप्रसाद लम्साललाई चयन गरेको छ। त्यस्तै, उपसभापतिमा उत्तम सुवेदी, सचिवमा अमृत थापा, सहसचिवमा कमलभक्त गैह्रे, कोषाध्यक्षमा विमला भण्डारी र सदस्यहरूमा सुकुमाया गोतामे, टीकाराम राना र रामु नेपाली चयन भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *