ग्लोबल आइएमई बैंकद्वारा वैदेशिक शिक्षा शुल्क भुक्तानीमा ५०% छुट योजना सार्वजनिक
ठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कहरूको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको योजना अनुसार नेपाली विद्यार्थीहरूले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूको शैक्षिक शुल्क, बीमा शुल्क लगायत विभिन्न भाषा परीक्षा (IELTS, TOEFL, SAT, GMAT, PTE, ACT, ACCA, USMLE) को शुल्क अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्नेछन्। यो योजना अगस्ट ३१, २०२५ सम्म लागू हुनेछ।
अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवामा सेवाग्राहीहरूले भुक्तानीका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात पूरा गरेपछि बैंकले रकम भुक्तानीका लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्नेछ।
ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अवार्ड फर एक्सिलेन्स २०२४’ अन्तर्गत नेपालकै सर्वश्रेष्ठ बैंकको रूपमा सम्मान प्राप्त गरेको छ। साथै, बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूबाट फरकफरक विधामा सम्मान प्राप्त गर्दै आएको छ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले हाल ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ। संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने कार्यमा बैंक संलग्न रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment