कति छ आज सुनको मूल्य ?
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो। महासंघका अनुसार आज चाँदी २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार चाँदी तोलाको २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment