नागरिक लगानी कोषको दुई खर्व भन्दा बढी लगानी

डिसी नेपाल
४ चैत २०८१ १३:५३
80
Shares

काठमाडाैं। नागरिक लगानी कोषले चालू आर्थिक बर्षको पुस मसान्तसम्म दुई खर्व भन्दा बढी लगानी गरेको जनाएको छ।

कोषको ३५औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले चालू आर्थिक बर्षको पुस मसान्तसम्म कोषले सञ्चालन गरेको आयोजनाहरुमा २ खर्व ६४ अर्व ७८ करोड लगानी गरेको जानकारी दिए।

सोही अवधिमा दुई खर्ब ७३ अर्ब ७२ करोड वित्तीय स्रोत संकलन गर्न कोष सफल भएको उनले बताए। उनले आगामी दिनमा मुलुकको आर्थिक बृद्धिदरमा टेवा पुर्‍याउनका साथै रोजगारी सिर्जना गर्न कृषि, पूर्वाधार, उत्पादनमूलक क्षेत्र, उद्योग, पर्यटनलगायत क्षेत्रमा पनि लगानी गनुपर्ने आवश्यकता महसुस भएको बताए।

कोषको लगानीलाई उचित व्यवस्थापनका लािग सवै निकायसँग सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ छ। कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्यायले कोषलाई सेवाप्रतिको जवाफदेहिता, पारदर्शिताका साथै सेवा सुधार गर्दै जानुपर्ने धारणा राखे।

कोषको लगानीलाई उत्पादनशिलता क्षेत्रमा लगानी गर्नुपर्ने उनले बताए। त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषको लगानी रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउने कुराहरुमा केन्द्रीत गर्नुपर्ने धारणा राखे। कोष सञ्चालन गर्ने संस्थाहरुले निजी क्षेत्रको आयोजनामा समेत लगानी गर्नुपर्ने सुझाव दिए।

बिक्रम सम्वत २०४७ मा स्थापना भएको नागरिक लगानी कोषको करोडको चुक्ता पुँजी अहिले ६ अर्ब ४८ पुगेको छ । कार्यक्रमका बिभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *