नेपाल बैंकको ६५ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं। नेपाल बैंक लिमिटेडको ६५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। नेपाल एपिएफ. क्लब, हलचोक, काठमाडौंमा बैंकको ६५ औं वार्षिक साधारण सभा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वित्तीय विवरणहरू पारित गर्दै सम्पन्न भएको हो।
त्यस्तै, सभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदिप कुमार श्रेष्ठ, मधुवीर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत सर्वसम्मतरूपमा पारित गरेको छ।
बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका समेत रहेकोमा सम्मानित उच्च अदालत, पाटनको मिति २०८१ चैत्र ५ गतेको अल्पकालिन अन्तरिम आदेशबाट रोकिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment