आठ महिनामा १० अर्ब बढी राजस्व संकलन

डिसी नेपाल
७ चैत २०८१ २१:५७
36
Shares

भद्रपुर (झापा)। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु १० अर्ब १७ करोड ७२ हजार राजस्व संकलन गरेको छ। उक्त राजस्य निर्धारित लक्ष्यको ९१ दशमलव ६४ प्रतिशत हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँका अनुसार चालु आवको फागुन महिनासम्ममा रु ११ अर्ब नौ करोड ८७ लाख नौ हजार राजस्व संकलनको लक्ष्य रहेको थियो।

गत आवको सोही अवधिमा लक्ष्यको ७७ दशमलव २४ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो। चालु आवको आठ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयतबाट ६० दशमलव २२ प्रतिशत अर्थात् रु छ अर्ब १२ करोड ४२ लाख ८५ हजार राजस्व संकलन भएको छ।

कार्यालयको तथ्यांकअनुसार चालु आवको आठ महिनामा रु १७ अर्ब ९० करोड ६१ लाख २५ हजार बराबरको वस्तु निर्यात भएको छ। सोही अवधिमा रु ३१ अर्ब १८ करोड ६५ लाख १६ हजार बराबरको वस्तु आयात भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *