घट्यो सुन मूल्य, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
१० चैत २०८१ ११:१६
1.2k
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ।

यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो।

यता, आइतबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १९ सय ८० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला १९ सय ९५ रुपैयाँ कायम रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *