नेप्सेको सीईओमा नारद लुँइटेल नियुक्त
काठमाडौं। सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सीईओमा नारद लुइँटेललाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
उक्त पदका लागि १० जनाको आवेदन परेकामा छनोट समितिले पहिलो चरणमा लुइँटेल सहित चूडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छानेको थियो ।
तीमध्ये तीन जनाको नाम सिफारिस गरिएकामा मन्त्रिपरिषद्ले लुइँटेललाई नियुक्त गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment