ग्रीन डेभलपमेन्ट बैंकको चैत २७ गते एजीएम बस्दैछ
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको चैत २७ गते साधारण सभा बस्ने भएको छ । सभामा बैंकले गत वर्षको नाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
यस्तै, बोनस सेयर वितरणपश्चात कायम चुक्ता पुँजीबाट १ः १.१०७१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यद्यपि, यो हकप्रद प्रस्ताव कार्यान्वयनका लागि केन्द्रीय बैंकले अनुमति दिनुपर्ने हुन्छ ।
सभामा आर्थिक वर्ष २०८० ८१ को वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय अनुसूचीहरु छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ। सभा होटल पिस प्यालेस, हरिशंकर रोड बाग्लुङमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment