घट्यो सुनको भाउ
काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको भाउ २ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार पनि चाँदीको भाउ स्थिर रहेको छ । मंगलबार चाँदी तोलामा १९ सय ८० रुपैयाँमा कायम भएको छ। सोमबार पनि चाँदीको भाउ तोलामा १९सय ८० रुपैयाँमा कारोबार भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment