भक्तपुर औद्योगित तथा व्यापार महोत्सव २८ चैतदेखि
काठमाडौं । नवौं भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव चैत २८ गतेदेखि सुरु हुने भएको छ।
भक्तपुरको प्रसिद्ध विस्काः जात्राको अवसरमा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डको आयोजनामा चैत २८ गतेदेखि वैशाख ७ गतेसम्म महोत्सवको आयोजना गरिने भएको हो।
बिहीबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्री, भाडाकुडाको साथै विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्री बिक्रीका लागि राखिने जानकारी दिएको छ।
१ सय ५० स्टल रहने मेलामा करिब पाँच लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिए।
महोत्सवमा बालबालिकाका लागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, विभिन्न खेलौना स्थल, रोटे पिङ, रेनजर तथा मारुती सर्कस जस्ता मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिने बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment