नेपाल सुपर लिग फुटबलः ललितपुर र काठमाडौंबीचको खेल बराबरीमा

डिसी नेपाल
१६ चैत २०८१ २२:३४
364
Shares

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सबीचको खेल बराबरीमा सकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तेस्रो संस्करणको उद्घाटन खेलमा ललितपुर र काठमाडौंले २–२ गोलको बराबरी खेलेका हुन्। ललितपुरका जनाथन इडुआर्डो र आदित्य शाक्यले गोल गरेका हुन्। काठमाडौंका लागि ओमोडोउ डिओप र भिन्सेन्ट कोजिइल्लोले गोल फर्काए।

ललितपुरलाई खेलको पाँच मिनेटमा विदेशी खेलाडी जनाथनले सुरुआती अग्रता दिलाए। खेलको १४औँ मिनेटमा ललितपुरका आदित्यले गोल गर्दै टोलिलाई दोस्रो अग्रता दिलाए हुन्। त्यसपछि खेलको ७५औँ मिनेटमा डिओपले गोल गर्दै काठमाडौंलाई पहिलो अग्रता दिलाए भने दोस्रो हाफको अतिरिक्त समयमा भिन्सेन्टले पेनाल्टीमार्पत गोल गर्दै काठमाडौंलाई हारबाट जोगाएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *