रवीन्द्र मिश्रलगायतलाई उपस्थित गराइयो अदालत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत पक्राउ परेका राजाबादी नेताहरूलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ।
उनीहरूलाई सरकारी वकिलको कार्यालय लगिएकोमा त्यसपछि अदालत उपस्थित गराइएको हो।
शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजाबादी आन्दोललाई हिंस्रक बनाउन भूमिका खेलेको आरोपमा पक्राउ गर्दै प्रहरीले उनीहरूमाथी अनुसन्धान अगाडि बढाएको छ।
थुनुवाको पोशाकमा रहेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईंको अभियानका आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारी, सन्तोष राजावादीलगायतलाई हतकडीसमेत लगाइएको छ।
धवल शमसेर जबरालाई भने बेग्लै गाडीमा हतकडी नलगाई लगिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment