ग्रीन डेभलपमेन्ट बैंकको १२ औँ वार्षिक साधारणसभा आज

डिसी नेपाल
२७ चैत २०८१ ८:११
24
Shares

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो १२ औँ वार्षिक साधारणसभा आज बस्दैछ । सभाले गत आर्थिक वर्ष २०८०. z८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ६.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा ५.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद लाभांश छन्।

बोनस शेयर वितरणपछि सोहीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ । बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी ५६ करोड ९६ लाख ९८ हजार ५०० रुपैयाँको कुल १.१०७१ अनुपात अर्थात ११०.७१ प्रतिशतले हुन आउने ६३ करोड ७ लाख १३ हजार २०० रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

बोनस शेयर र हकप्रद जारीपछि बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले चैत १५ गते बुक क्लोज गरेको थियो । यसको अर्थ चैत १५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य हुनेछन्। सभा सभा बागलुङ नगरपालिका–७ हरिशंकर रोडस्थित होटल पिस प्यालेसमा बिहान ११ बजेबाट सुरु हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *