त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बेइज्जत नगर्न सांसद सिंहको आग्रह

डिसी नेपाल
३० वैशाख २०८२ १२:२३
928
Shares

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ठाउँको अभाव रहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल पर्ने अवस्था रहेको बताएका हुन्।

उनले भने, ‘हाम्रो देशको चलिरहेको एउट मात्रै विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा छ। दुई वटा बनाए। तर, चलेका छैनन्। पोखरा र भैरहवा। काठमाडौं विमानस्थलमा नागरिकको गुनासो आइपछि म आफैं गएको थिए। विमानस्थलमा अस्तव्यस्तताको एकदमै पराकाष्ट छ। ठाउँको अभाव छ। चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल परिरहन्छ। लगेज लिनपनि घन्टौं पर्खिनुपर्ने अवस्था छ। लगेजको कहिलेकाही ताल्चा फुटाइन्छ। जुन एउटा अन्तर्राष्ट्रिय विमानस्थल चलिरहेको छ। त्यसको पनि बेइज्जत नगरौं।’

साथै उनले एउटा अन्तर्राष्ट्रिय विमानस्थल चलिरहेका भए पनि यसको अन्तर्राष्ट्रिय बेइज्जत नगर्न आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.