कविता प्रतियोगिताको नतिजा घोषणा

डिसी नेपाल
६ जेठ २०८२ ८:३३

अमेरिका। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका, ‘नेपाली भाषा, साहित्य समिति’ ले विश्वभर छरिएर रहेका नेपाली भाषी कविहरूकाबिच आयोजना गरेको ‘के म नेपाली हैन र ?’ भन्ने शीर्षकको कविता प्रतियोगिताको नतिजा घोषणा भएको छ।

यही में १८ (जेठ ४) मा भर्चुअल रुपमा सम्पन्न उत्कृष्ट बाह्रौं स्थानसम्मका कविहरू सम्मिलित कविता वाचन कार्यक्रममा नतिजा घोषणा गरिएको थियो। भाषा साहित्य समितिका अध्यक्ष राजेन्द्रप्रसाद अर्यालको सभापतित्वमा सन्चालित उक्त कार्यक्रममा कविहरूले हृदय झंक्रित पार्ने र भावुक बनाउने अत्यन्तै मनमोहक कविताहरू सुनाएका थिए।

उपस्थित सम्पूर्ण अतिथिहरूलाई भाषा साहित्य समितिका उपाध्यक्ष कवि कृष्ण गिरीले स्वागत गरेका थिए।

कार्यक्रममा उपस्थित १० जना कविहरू- उत्तमराज भेटवाल, जीवराज बम, मधुसुदन पराजुली, ईश्वरीप्रसाद रिजाल, विभुति अधिकारी, सुवोध पौडेल, मदन घिमिरे, संयोग बस्याल, लोकहरि पाण्डेय र राजेश सापकोटाले कविता वाचन गरेपछि समितिका सदस्य डा. अजित घिमिरेले छैटौँ स्थानसंमका ७ जना पुरस्कार विजेता कविहरूको नाम घोषणा गर्दै सबैलाई बधाई र शुभकामना दिए।

पुरस्कृत हुनेमा-

१) सुवोध पौडेल, काठमाडाैं, हाल नर्थ क्यारोलिना अमेरिका, प्रथम पुरस्कार- डलर ६००.००

२) जीवराज बम, खजुरा बाँके, हाल,काठमाडाैं, द्वितीय पुरस्कार-डलर ४००.००

३) लोकहरि पाण्डेय, स्याङ्जा, हाल गुल्मी, तृतीय पुरस्कार- डलर ३००.००

४) संयोग बस्याल, पोखरा कास्की, प्रोत्साहन पुरस्कार- डलर १००.००

५) युगलमणि ढकाल, ईलाम, हाल- कतार, प्रोत्साहन पुरस्कार-डलर १००.००

६) बिभूति अधिकारी ईलाम, हाल धनगढी, प्रोत्साहन पुरस्कार- डलर ५०.००

७) राजेश सापकोटा, नवलपरासी, हाल- नर्वे, प्रोत्साहन पुरस्कार-डलर ५०.००

( क्रम संख्या ६ र ७ को प्राप्तांक समान हुन गएको हुँदा तोकिएको पुरस्कार डलर १००.०० दुबैलाई बरावर बण्डा गरि दिने निर्णय भएको।)

प्रतियोगितामा प्राप्त जम्मा १५८ कविताहरूमध्ये प्राविधिक रूपमा उपयुक्त १३८ कविताहरूलाई ३ जना मुल्यांकनकर्ता कहाँ बेग्लाबेग्लै पठाईएको थियो।

नतिजा घोषणापछि मात्र कार्यक्रममा विद्वान् मूल्यांकनकर्ताहरू प्रा. जगतप्रसाद उपाध्याय, डा. मुकुन्द वाग्ले पथिक र प्रभा भट्टराईको नाम सार्वजनिक गरिएको थियो। मूल्यांकनका विधी र आधारको वारेमा आफ्नो धारणा राख्दै पुरस्कार विजेताहरूलाई प्रा. जगत उपाध्यायाले बधाई दिनुभयो।

समितिकी सदस्य प्रभा पोखरेलबाट आकर्षक ढंगले सन्चालित सो कार्यक्रममा अनेसास बिओटिका सभापति पदम विश्वकर्मा, एनआरएनए अमेरिकाका उपाध्यक्ष नेत्र पाण्डे, मुक्तक मणि तीर्थराज अधिकारी, कथाकार डा. अमर कार्कीले प्रतियोगिताको बारेमा आआफ्नो धारणा राख्दै विजयी प्रतियोगिहरूलाई बधाई दिनु भयो।

एनआरएनए अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडेले आफ्नो संबोधनमा परदेशमा गैरआवासीय नेपालीहरू नेपालकै भलो र हितमा प्रतिबध्द मात्र छैनन् नेपालको नक्सा छातिमा टाँसेर हिडेका छन् भने।

कार्यक्रममा अनेसास केन्द्रीय समितिका अध्यक्ष सर्वज्ञ वाग्ले, साहित्यकारहरू सीता अर्याल, गायत्री तिमिल्सिना, पूर्ण श्रेष्ठ र अग्नी पराजुली उपस्थित हुनुहुन्थ्यो। फेसबुककाबाट साथै ई नेप्लिज मिडियाका रोचक गौतम उपस्थित भै कार्यक्रमको प्रत्यक्ष प्रशारण
गरिएको थियो।

वरिष्ट कवि एवं भाषा साहित्य समितिका उपाध्यक्ष सुदीपभद्र खनालले हाम्रो आह्वाप्रति विश्वास गरी कविता प्रतियोगितामा सहभागी हुनु भएका संपूर्ण कविहरू, र कार्यक्रम सफल पार्न उपस्थित महानुभावहरूलाई हार्दिक धन्यबाद दिए।

साहित्य समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति साहित्यकार राजेन्द्रप्रसाद अर्यालले “के म नेपाली हैन र ?” शीर्षकको चयन, प्रतियोगिताको आवस्यकता र औचित्यको बारेमा सभामा आफ्नो धारणा राखे।

सम्वोधनको क्रममा उहाँले देश प्रेम भूगोलमा मात्र हैन भावनामा हुनुपर्छ।गैरआवासीय नेपालीहरूको भावनामा छ देश, हृदयमा मेचीकाली बगेको छ र छातिमा आस्थाको मन्दिर भएर नेपाल रहेको छ भने। सम्पूर्ण कविहरूसंग सदा संपर्कमा रहि नेपाली भाषा साहित्यको उन्नतिमा हातेमालो गरिरहेने चाहना ब्यक्त गर्दै सभाको विसर्जन गरे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *