रासायनिक मलका लागि २८ अर्ब बजेट विनियोजन
काठमाडौं । सरकारले रासायनिक मलका लागि २८ अर्ब ८२ करोड रकम विनियोजन गरेको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको लागि रासायनिक मलमा अनुदान दिने उद्देश्यका साथ उक्त रकम विनियोजन गरिएको बताए।
सरकारले चालू आर्थिक वर्षमा मलखाद आपूर्ति गर्न अनुदानका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको छ।
उनले कृषिमा आत्मनिर्भर बनाउनका लागि लागि विभिन्न योजनाहरू ल्याइएको बताए।
उनले किसानका लागि दूध, मासुजन्य पदार्धमा आत्मनिर्भर बन्ने, विभिन्न क्षेत्र तोकेर पकेट जोनमार्फत कृषिजन्य उत्पादनलाई बढाउन गरी काम गर्न दिने बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment