बजेट समग्रमा ठिकै छ : प्रकाशशरण महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले ल्याएको बजेट समग्रमा ठिकै रहेको बताएका छन्।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले बजेट अझै ठोस रुपमा प्रस्तुत गर्न सकिने भएपनि समग्रमा बजेट ठिकै रहेको बताएका हुन्।
उनले छरिएर रहेका आयोजनालाई घटाउनेलगायतका केही वित्तीय अनुशासनका विषयले सकारात्मक परिणाम आउने धारणा राखे।
उनले बजेटमा केही महत्त्वपूर्ण विषयहरू समावेश हुन नसकेकाले कार्यविधिबाट सम्बोधन हुने विश्वास व्यक्त गरे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment