मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव
काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८-८३ को मौद्रिक नीतिका लागि राय-सुझाव माग गरेको छ।
आगामी आवको मौद्रिक निती जारी गर्ने तयारी स्वरुप राष्ट्र बैंकले सोमबार सावर्जनिक सुचना जारी गर्दै विभिन्न सरोकारवाला निकायहरुसँग राय–सुझाव माग गरेको हो।
सूचनामा उल्लेख भएअनुसार सरोकारवाला निकायहरूले आउँदो असार १० गतेभित्र आफ्नो राय-सुझाव राष्ट्र बैंकलाई पठाउन सक्नेछन्। सुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा ई-मेलमार्फत पठाउन सक्नेछन्।
राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था अनुसार नयाँ आव सुरु भएको १५ दिनभित्र मौद्रिक नीति जारी गर्नुपर्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment