सुनको मूल्य घट्यो
काठमाडाैं। सोमबार एकसय रुपैयाँ घटेको सुनको मूल्य आज थप ६ सय रुपैयाँ घटेको छ।
प्रतितोला ६ सय रुपैयाँ घटेर सुनको मूल्य आज तोलाको एक लाख ९० हजार रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य हिजो प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँ थियो।
आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर दुई हजार एक सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment