टेलिकमको प्रवक्ताको जिम्मेवारी मानन्धरलाई
काठमाडौं। नेपाल टेलिकमले कम्पनीको प्रवक्ताको जिम्मेवारी रविन्द्र मानन्धरलाई दिएको छ। टेलिकमले मंगलवार दिउँसो एक प्रेस नोट जारी गर्दै नेपाल टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रवन्धक रविन्द्र मानन्धरलाई कम्पनीको प्रवक्ता तोकेको जानकारी गराएको छ।
प्रवक्ता मानन्धरलाई ईमेल ठेगाना [email protected] अथवा 01-4210204 नम्बरमा सम्पर्क गर्न सकिने प्रेस नोटमा उल्लेख छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment