सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं। मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा एक हजार ३०० र चाँदीमा १५ रूपैयाँले बढोत्तरी भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोल सुनको मोल एक लाख ९१ हजार ३०० कायम भएको छ भने एक तोला चाँदी दुई हजार १६५ मा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment