सुदूरपश्चिम प्रदेशको बजेट ३३ अर्ब ४७ करोड (पूर्णपाठ)
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८२/८३ को लागी ३३ अर्ब ४७ करोड ६० लाखको बजेट ल्याएको छ। आइतबार साँझ आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्।
कुल बजेटमा चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख, पुँजीगत खर्चतर्फ १९ अर्ब ८३ करोड २ लाख, अन्तर सहकारी वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थापनका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बजेटको स्रोत व्यहोरामा सबैभन्दा ठूलो हिस्सा नेपाल सरकारको राजस्व बाँडफाँटबाट ९ अर्ब ८७ करोड २५ लाख प्राप्त हुने अनुमान छ।
यस्तै, नेपाल सरकारको वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९२ करोड ५६ लाख, चालु आर्थिक वर्षको बचत रकम ७ अर्ब ६६ करोड ६३ लाख, सशर्त अनुदानबाट ४ अर्ब ३ लाख, आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ६५ लाख, संघीय समपूरक अनुदानबाट ६० करोड २६ लाख र विशेष अनुदानबाट ५१ करोड ६० लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment