ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ।
यो शेयर खरिदकालागि आज देखि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवदेन दिन पाउने छन्। तर, बैंकले बिक्रीमा राखेको शेयर संख्या भने खुलाएको छैन।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले काठमाण्डौंको कमलपोखरी स्थीत बैंकको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर सङ्ख्या उल्लेखगरी सुचना प्रकाशीत भएको मितीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र शेयर खरिदका लागि कुनै आवेदन नआएको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment