मितेरी सहकारीको रकम अपचलन गरि भागेका भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो

डिसी नेपाल
५ असार २०८२ ०:०५
896
Shares

काठमाडौं। ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलन गरि फरार रहेका ज्योतिबहादुर भण्डारीलाई प्रहरीले नेपाल ल्याएको छ।

इन्टरपोलको सहयोगमा उनलाई कम्बोडियाबाट पक्राउ गरेर बुधबार राति १० बजे नेपाल ल्याइएको हो। भण्डारी विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो।

कम्बोडियाको कानुन उल्लंघन गरेको आरोपमा उनी त्यहाँ पक्राउ परेका थिए। पक्राउ परेको सूचना पाएसँगै उनलाई नेपाल ल्याउन इन्टरपोल मार्फत पत्राचार गरिएको थियो।

उनले मितेरी सहकारीको ३ करोड ४४ लाख रूपैयाँ अपचलन गरेको आरोप छ। मितेरी सहकारीको रकम अपचलन आरोपमा प्रहरीले भण्डारीसहित नेपाली कांग्रेसका सांसद तथा उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योति गुरूङविरूद्ध रेड कर्नर नोटिस जारी गरेको थियो। ज्योति गुरूङले उक्त सहकारीको ६ करोड रूपैयाँभन्दा बढी अपचलन गरेको आरोप छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *