आठसय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
विहीबार सुन प्रतितोला एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया
Facebook Comment