एक हजार पाँच सयले घट्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। आज तोलामा एक हजार पाँच सय रुपैयाँले सुनको मूल्य घटेको हो।
मंगलबार तोलाको एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ। मंगलबार चाँदी तोलाको दुई हजार एक सय ६० रुपैयाँमा कारोबार भएको थियो भने आज आज चाँदी तोलामा २० रुपैयाँले घटेर दुई हजार एक सय ४० रुपैयाँ कायम भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment