पुन:निर्माण सम्पन्नपछिको रातोमछिन्द्रनाथ मन्दिर (फोटो फिचर)
ललितपुर । विनाशकारी भूकम्पले भत्काएको रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माण सकिएको छ।
मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने भक्तजनको चाहनाअनुरुप विभिन्न चुनौती पार गर्दै पुनःनिर्माण सकिएको हो।
स्थानीय सामग्री अभाव, कामदारको आपूर्ति हुन नसक्ने अवस्था, दक्ष कामदार पाउन कठिन, निर्धारित ज्यालामा कामदार नपाउने अवस्था, प्राविधिको अन्योलतालगायत समस्या देखा परे पनि लामो समय पश्चात मन्दिरको पुन:निर्माण काम सकिएको छ। पुन:निर्माण सकिएसँगै मन्दिर पुरानै शैलीमा सुन्दर देखिएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment