कांग्रेस कार्यालय सानेपामा तरुण नेताले सुरु गरे आमरण अनशन
काठमाडौं। नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको महाधिवेशन माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन सुरु भएको छ।
तरुण दलका केन्द्रीय सदस्य रोजन राई र अम्बिका बाँस्कोटा आइतबारदेखि अनशनमा बसेका हुन्। उनीहरुले ६ बुँदे माग राख्दै पार्टी कार्यालयको मुल ढोकामै अनशन सुरु गरेका हुन्।
यसअघि अध्यक्ष विद्वान गुरुङविरुद्ध मोटरसाइकल र्याली र पार्टी कार्यालय सानेपामा नाराबाजी समेत गरेका थिए।
अनशनकारीहरुले विद्वान गुरुङको नेतृत्वमा रहेको तदर्थ समिति भंग गर्नुपर्ने मुख्य माघ राखेका छन्। २०७३ सालमा पोखरामा तरुण दलको महाधिवेशन भएपछि अर्को महाधिवेशन हुन सकेको छैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment