सांसदले गल्ती गर्ने अनि कर्मचारीहरुलाई दोष देखाउने प्रबृत्ति गलत छ : सुमना श्रेष्ठ
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले समितिका सांसदहरुले प्रतिवेदनहरु नपढि बैठकमा बोल्ने गरेको र गल्ती हुँदा कर्मचारीहरुको दोष देखाउने गरेको बताएकी छन्।
मंगलबार सभामुखसँगको छलफलपछि कुलिङ पिरियडबारे भएको छेडखानीबारे बोल्दै उनले सांसदहरुले बैठकमा प्रतिवेदनहरु नपढिकन बोल्दा गल्ती भएको बताएकी हुन्।
उनले भनिन्, ‘मुल विधेयकमा बाहेक भन्ने शब्द हटाइन्। त्यतिबेलासम्म त्यो कायम रहन्छ रहिरहयो। कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरु उम्किन खोज्ने मात्र हो। मिडियामा आएको विषयमा, नपढिकन र बाहिर आएका कुरा मात्र बोल्ने वा कुनै एक नेताले भनेको कुराको आधारमा बोल्ने संस्कारप्रति ठुलो प्रश्न हो।’
उनले गल्तीलाई सुधारेर जानलाई गल्तीलाई स्वीकार गर्नुपर्ने बताइन्। ‘गल्ती हुन्छ, गल्तीलाई सुधारेर जानलाई गल्तीलाई स्वीकार गर्नुपर्छ। र गल्ती कहाँबाट उत्पति भयो बुझेर बल्ल अगाडि जान सकिन्छ,’ उनले भनिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment