खानीखोला हाइड्रोपावरको हकप्रद शेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गर्नुपर्ने

डिसी नेपाल
१८ असार २०८२ १०:०५
44
Shares

काठमाडौं। खानीखोला हाइड्रोपावरले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि असार २७ गते एक दिनका लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार १० गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो।

कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन प्रयोजनका एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरुले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि आवेदन दिन पाउने छन्।

कम्पनीले प्रति शेयर १०० रुपैयाँ दरका ४६ करोड ५७ लाख १४ हजार रपैयाँ बराबरको कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद निष्कासन गर्ने भएको छ। हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *