हरिशयनी एकादशी,शरीरलाई विषादिमुक्त र मनशुद्धी गर्ने दिन हो : प्रधानमन्त्री ओली
फाइल तस्विर
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशी, तुलसी रोप्ने दिनको अवसरमा शुभकामना दिएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आजको दिन शरीरलाई विषादिमुक्त गर्ने, मनशुद्दी गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने प्रतिकात्मक दिन पनि भएको बताए।
उनले लेखेका छन् ,आज हरिशयनी एकादशी, तुलसी रोपण गर्ने दिन। आजको दिन शरीरलाई विषादिमुक्त गर्ने, मनशुद्दी गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने प्रतीकात्मक दिन पनि हो। कम भोजन, ध्यान र उपवासले मानिसलाई शान्त मनोभावमा राख्ने पनि परम्परागत विश्वास रही आएको छ।’धरती र जीवन दुवैमा शान्ति छाओस्। हरिशयनी एकादशीको शुभकामना।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment