सुनको मूल्य स्थिर, चाँदीको घट्यो

डिसी नेपाल
३१ असार २०८२ ११:३७
124
Shares

काठमाडौं। सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ। चाँदीको भाउ भने ४० रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा ४०० ले वृद्धि भई सोमबार एक लाख ९३ हजार ३०० कायम भएकामा आजका निम्ति पनि त्यति नै मोल निर्धारण भएको हो।

त्यसैगरी, एक तोला चाँदीको मूल्य दुई हजार २७५ रूपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मोल तीन हजार ३६३ अमेरिकी डलर निर्धारण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *