चालु आर्थिक वर्षको अन्तिम दिन सुनको मूल्य घट्यो
काठमाडौं। चालु आर्थिक वर्षको अन्तिम दिन नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो।
मंगलबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९२ हजार रुपैयाँमा कारोवार भैइरहेको छ।
आज चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो। मंगलबार प्रतितोला २ हजार २ सय ७५रुपैयाँमा कारोवार भएको चाँदी आज २ हजार २ सय ६० रुपैयाँमा कारोबार भैइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment