खल्ती र आइएमई पे मर्ज, एकीकृत कारोबार सुरु
काठमाडौं। दुई चर्चित डिजिटल भुक्तानी सेवाप्रदायक खल्ती र आइएमई पेले औपचारिक रूपमा मर्जरको घोषणा गरेका छन्। बिहीबार काठमाडौं आयोजित एक विशेष समारोहमा एकीकृत कम्पनी आईएमई खल्ती लिमिटेडको घोषणा गरिएको हो।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कारोबारका लागि आईएमई खल्ती लिमिटेडको इजाजतपत्र नवगठित सञ्चालक समितिलाई हस्तान्तरण गरे। सञ्चालक समितिमा कृष्णप्रसाद शर्मा, दिवाकर पौडेल, सीताराम थापा, प्रवीण रेग्मी, अमित अग्रवाल, अरविन्द साह र मनिष मोदी रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतमा विनय खड्का नियुक्त भएका छन्।
मर्जरसँगै अब खल्ती ब्रान्डमा वालेट सञ्चालन हुनेछ। नयाँ लोगोमा खल्तीको पहिचान बनेको बैजनी रङलाई विस्थापित गरी रातो रङलाई मुख्य बनाइएको छ । समारोहमा नयाँ लोगो अनावरणका साथै एकीकृत एप र वेबसाइटमा गरिएका प्राविधिक तथा प्रवद्र्धनात्मक परिवर्तनहरूबारे पनि जानकारी दिइएको थियो।
राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति पाएपछि यी दुई कम्पनीले आजदेखि एकीकृत कारोबार सुरु गरेका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment