पूर्वीय सभ्यताको जननी वेद

भूमिका गैरे तिमिल्सिना
१० साउन २०८२ ७:१९

अन्तरिक्ष, खगोल भूगोलको ज्ञान हो। ज्योतिष विज्ञान, वेद र वेदाङ्गबाट वैदिक वेद ग्रन्थको निर्माण भयो। इतिहास भन्नाले रामायण र महाभारतलाई बुझिन्छ। जुन ऋषिमुनिहरुले हामीलाई ज्ञानको भण्डार दिए।

ज्योतिष वास्तुविधामा हाम्रो सनातन धर्मका वैज्ञानिक आधारहरूलाई हेर्ने हो भने पहिलो दोस्रो शुरुमा आउने विद्या ज्योतिष काल गणना हो, अन्तरिक्षको ज्ञान खगोल भूगोलको ज्ञान हो। यसको विश्वव्यापी चर्चा पनि छ।

विश्वका अत्यन्तै महान मानिने, भौतिकशास्त्री अल्वर्ट आइन्सटाइनले भौतिक विज्ञानको ठुलो प्रशंसा गरेका छन्। उनले हिन्दुहरुलाई धन्यवाद दिएका छन्। हामी हिन्दुहरूप्रति ऋणि छौ कि जसले हामीलाई गिन्ती गर्न सिकाए। जुन बिना कुनै पनि सार्थक अविष्कार गर्न सम्भव छैन भन्ने अभिव्यक्ति दिएका थिए ।

हामीलाई विरासतमा प्राप्त भएको वेद र वेदाङ्ग सङ्कल गरेर अलग- अलग हृदयमा साक्षात्कार गरिएका मन्त्रहरू, तपस्या गर्ने द्रष्टा ऋषिहरु, साधना गरेर प्राप्त गर्ने ऋषिहरु ती सबैबाट प्राप्त ज्ञान फेरि सङ्कलन गर्न कार्य चाहिँ भगवान वेद व्यासले गर्नुभयो।

वैदिक मूल वेद ग्रन्थहरूलाई उहाँले सङ्ग्रह गरेर राख्नुभयो र विस्तारै इतिहास र पुराणको पनि निर्माण गर्नुभयो। त्यही वेदार्थलाई व्याख्या , विस्तार गरेर उहाँले इतिहासको रचना गर्नुभयो ।

यसरी प्राप्त भएको ऋषि ऋण हो, सनातन वैदिक धर्मको अध्ययन अनुसन्धान गर्दै हामीलाई ऋषि कृपा प्राप्त हुन्छ।

वेद भन्नाले ‘जान्नु’ हुन्छ। वेदद्वारा स्थापित ६ वटा विचारधारा रहेका छन्।

साङ्ख्य सूत्र

प्राचीन कालमा चिन्तन, मनन तथा ध्यानद्वारा प्रकृ‌तिको नियम‌को‌ ज्ञान प्राप्त गरी जीवन सहज गर्ने नियतले ज्ञान पुन्याउने ज्ञानीलाई नै भगवान मानिन्थ्यो। नारी अर्थात् प्रकृति र पुरुषको बीचको जटिल अन्तर सम्वन्ध स्थापित भएर नै ब्रहामण्डको सृष्टि सम्भव भएको साङ्‌ख्य दर्शनमा उल्लेख रहेको छ।

पतञ्जलि योग सूत्र

पतञ्जलि योग सुत्रका अनुसार मुक्त अवस्थामा व्यक्ति‌ले आफूलाई धन्य अवस्थामा पाउँछ। नियमित योग‌को सहायताले मानिसले शरीर, मन र इन्द्रियहरूलाई आफ्नो काबुमा राखी धन्य सम्भव हुने हुन्छ भन्नुनै पतञ्जली योग सुत्रको मान्यता हो।

न्याय सूत्र

न्याय सिद्धान्तअन्तर्गत विभिन्न प्रमाणहरूको परीक्षण अर्थात् जाँच गरी हरेक चिजको यथार्थ वास्तविकताको यकिन गरिने नीति अवलम्वन गर्नु नै न्याय सूत्र हो।

वैशेषिक सूत्र

वैशेषिक सूत्र अनुसार ब्रहामण्डका सम्पूर्ण अवयवहरू पृथ्वी, जल, वायु , अग्नि र आकाश जस्ता पाँचतत्वहरु मिलेर बनेको सिद्धान्त अर्थात् ब्रहामण्डको यथार्थपरक र वस्तुनिष्ठ व्याख्या गर्ने दर्शन हो। सृष्टिको पदार्थको दर्शन हो।

मीमांसा सुत्र

वेदको संहिता र ब्रहामण्डको अंशहरूको व्याख्या, प्रयोग र विश्लेषणसँग सम्वन्धित रहेको छ।

वेदान्त सूत्र

यस सूत्र अनुसार सांसारिक परम यथार्थ एउटै छ र त्यो ब्रह्रा हो। वेदान्त दर्शनका अनुसार ब्रह्रा सत्य हो र संसार मिथ्या ! ब्रह्रा ज्ञान नै सबै वस्तु‌को सार र परम अस्तित्वको ज्ञान हो।

चारवेदमा

ऋग्वेद

यजुर्वेद

सामवेद

अथर्ववेद

-ऋग्वेद

यो सवैभन्दा पहिलो वेद हो यसमा जल चिकित्सा, वायु, सौर्य, मानस र हवन चिकित्सा आदिको जान‌कारी छ। सृष्टिको पदार्थ, ईश्वर जीव, प्रकृतिको गुण, जीवनको आदर्श सिद्धान्त र व्यवहारिक ज्ञान रहेको छ।

-यजुर्वेद

यसमा यज्ञको विधि, यज्ञमा प्रयोग गरिने मन्त्रबारे जानकारी छ। कर्मकाण्डको वर्णन छ। मोक्ष प्राप्तिसँग सम्वन्धित रहेको छ।

-सामवेद

यस वेदमा सङ्ग‌ित सूत्रका बारेमा व्याख्या गरिएको छ। सङ्‌गित शास्त्रको मूल , वंदना- उपासना, ईश्वर स्तुति र आध्यात्मिक उन्नतिको उपाय रहेको छ।

-अथर्ववेद

यस वेदमा रहस्यमयी विद्या,जडीबुटी, चमत्कार र आयुर्वेदका बारेमा जानकारी छ। मनोविज्ञान, अर्थशास्त्र समाजशास्त्र, राजनीति, कृषि आयुर्वेद, गणित, ज्योतिष र रसायन शास्त्र रहेको छ।

वेद हिन्दु धर्मको प्राचीन पवित्र ग्रन्थको नाम हो । वेदहरूलाई श्रुति पनि भनिन्छ। हिन्दु धर्मको मुख्य आधार हो। धार्मिक मात्र नभएर ऐतिहासिक दृष्टिले पनि वेदहरूको असाधारण महत्त्व रहेको छ।

वैदिक युग आर्यको संस्कृति र सभ्यता जान्ने एकमात्र आधार हो। मानव जाति र विशेषत आर्य जातिले आफ्नो शैशवमा धर्म रचना, समाजका कुन- कुन प्रकारले विकास गरे । यी सबै वेदबाट नै जानकारी पाइन्छ।

विश्व वाङ्‌मय यिनीहरूभन्दा प्राचीन कुनै पुस्तक छैन। आर्य भाषाहरुको मूल स्वरूप निर्धारित गर्नमा वैदिक भाषाहरू अधिक सहायक सिद्ध भए। वेद मानव सभ्यताकै सबैभन्दा पुरानो लिखित दस्तावेज हो।

सर्वप्रथम वेदको ज्ञान ईश्वरले चारजनालाई ऋषिहरुलाई दिए। अग्नि, वायु अङ‌गिरा र आदित्य।

वेदको समिता भनेको मन्त्र भाग हो। वेदको ब्रह्रा भागमा यज्ञको चर्चा छ। यसका विधान र विज्ञानका बारेमा विस्तारित वर्णन गरिएको छ।

ऋग भनेको धर्म, यर्जु भनेको मोक्ष, साम भनेको काम र अथर्व भनेको अर्थ हुन्छ।

वेदमा मानवको हर समस्याको समाधान छ। गायत्री मन्त्र‌को उच्चारण ऋग्वेदमा रहेको छ। ऋग्वेद पछिल्लो समय वैदिक काल थियो। वेदमा उल्लेखित सूचनाहरु शाश्वत छन्। वेदको दर्शन संसारको सबै चीजहरूको आपसी अन्तर सम्बन्धित रहेर सह- अस्तित्वमा रहेको छ।

वैदिक ग्रन्थहरूमा कर्मको अवधारणालाई अत्यन्त मूर्त रूपमा व्याख्या गरिएको छ। वेदमा ध्वनिका कम्पनहरूको प्रयोग गरी रोग निको पार्ने र शरीरको सन्तुलनको पुनः कायम गर्न जस्ता अन्तर्दृष्टिहरू समावेश छन्।

यज्ञ प्रक्रियामा उच्च देवीदेवता आगोमा भौतिक पदार्थ आदि यज्ञ प्रक्रियामा चढाउने गरिन्छ। अर्थात् यसको प्रभावबाट मानव मनोविज्ञानका धेरै रोगहरु तथा एलर्जी आदि नियन्त्रण गर्न सहयोगी हुने, रोगाणुको सङ्‌क्रमण नियन्त्रणमा हुने, वैज्ञानिक परीक्षणबाट पनि पुष्टि भएको छ।

धर्मले नैतिक सिद्धान्त‌लाई समर्थन गर्ने करुणा र परोपकारी कार्य तर्फ जोड दिने गर्दछ। मानव सभ्यताको विकासको क्रममा मानिसलाई कर्तव्य निष्ठ, नैतिकवान दयालु र धार्मिक प्रकृतिको बनाई जीवन सहज बनाउन, प्रकृतिप्रेमी मैत्री दिगो प्रविधि विकासमा नेतृत्व गर्न सक्षम वेदले बनाउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *