पार्टीको मुद्दा बोकेर जनताको घरदैलोमा पुग्न अध्यक्ष यादवको निर्देशन

डिसी नेपाल
११ साउन २०८२ २२:५४
28
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको मुद्दा, नीति र सिद्धान्त बोकेर जनताको घरदैलोमा पुग्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज केन्द्रीय विभाग र जनवर्गीय सङ्गठनका प्रमुखको संयुक्त बैठकमा अध्यक्ष यादवले केन्द्रीय विभाग र जनवर्गीय सङ्गठनका प्रमुखलाई पार्टीको एजेण्डा र मुद्दा बोकेर आमजनताको घरघरमा पुगेर प्रष्ट पार्न निर्देशन दिएका हुन्।

अध्यक्ष यादवले विद्यमान राजनीतिक परिस्थितिमा परिवर्तनको दिशामा अडिग भएर अघि बढ्नु पर्ने खाँचो औंल्याए। उनले भने, जसपा नेपालले बलियो ढङ्गले उठाउँदै आएको मुद्दा प्रष्ट रूपले अझै जनताबीच पुग्न सकेको छैन। ती मुद्दाहरु जनतामा पुर्याउने र उहाँहरुलाई बुझाउने काम तपाईँहरुको हो।

अध्यक्ष यादवले सम्पूर्ण शक्ति लगाएर आगामी निर्वाचनको तयारीमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरे। बैठकमा प्रशिक्षण, नेतृत्व विकासका पहल, जनसम्पर्क विस्तार, जनवर्गीय सङ्गठनको भूमिका प्रभावकारी बनाउने बारे छलफल भएको जसपाले विज्ञप्तिमार्फत जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.