कविता : आजकल
मित्रता मा
न सम्मान छ
न माया छ
न कुनै सामिप्यता
छ त केबल
एक मुठ्ठी
स्वार्थ
अनि त्यही
स्वार्थमा
अडेको बोलचाल
र मित्रता…।
हिजैमात्र
उनीहरु भन्दै थिए
हामी अरु जस्तो
होइन
हामीमा न स्वार्थ छ
न कुनै घृणा
छ त केबल
निस्वार्थ
भावना
हो त्यही भावना मा
लुकेको छ मन मित्रको …।
प्रतिक्रिया
















Facebook Comment