लघुकथा : आमा

भूमिका गैरे तिमिल्सिना
१७ साउन २०८२ ७:०६
44
Shares

`ऐया! आमा मरे नि! सहनै नसक्ने गरेर पेट दुख्यो। ´टीका छट्पटाइरहेको थियो।
उसको दाजु शिवले सोध्यो, `अचानक के भयो? अघिसम्म त ठिक थिइस्। के खाएको थिइस् ? नढाटिकन भन्।´

`केही खाएको छैन। दुखेर मर्न लागेँ।´ ऊ लगातार आमा , आमा ! भनेर कराइरह्यो। शिवले हत्त न पत्त अस्पताल लिएर गए।

`लौ न! डाकटर साप के भएको हो?´ शिव पनि आत्तियो।

भिडियो एक्सरे गरेपछि तत्कालै अप्रेसन गरियो। होशमा आएपछि वार्डमा सारियो। बिरामीलाई आराम भयो। हस्याङफस्याङ गरेर उसका श्रीमती ,छोरा र आफन्तहरू आइपुगे।

श्रीमतीले सोधिन् ,` एक्कासी के भएको रहेछ? यस्तो त पहिले कहिले भएको थिएन। मेरो त सात्तोपुत्लो गयो। धन्न , घरमा दाजु हुनुहुन्थ्यो।´
शिवले भन्यो , ` एपेनडिक्स रे! यो त डरलाग्दो रोग पो रहेछ।

म त बाँच्दिन क्या हो? यत्ति नै रहेछ जीवन भन्ने सोचेको थिएँ। दाइले बेलैमा अस्पताल लानु भयो र मात्र!´

`धत् लाटा! त्यस्तो कुरा नि गर्ने हो? कहाँ अहिले मरिन्छ र? कति दु: ख, सङ्घर्ष गर्न लेखेको छ। बुहारी आलाप गर्न थालिन् अनि मैले पनि दौडाएँ नि!´ दाइले भने ।
टीकाले हाँस्दै भन्यो, `घरमा सबै भए पनि पीडा हुँदा, नभएता पनि आमालाई मात्र सम्झिदो रहेछ , है?´




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.