ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

डिसी नेपाल
२५ साउन २०८२ २३:०२
28
Shares

कलैया । जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष २०८१/८२ मा सवारीसाधनका चालकलाई दण्ड जरिवाना बापत रु दुई करोड दुई लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ।

प्रहरी निरीक्षक दीपक केसीका अनुसार जिल्लाको विभिन्न ठाउँमा रहेका ट्राफिक प्रहरी एकाइले सवारीसाधन जाँच गर्ने क्रममा ट्राफिक नियम विपरीत सवारीसाधन सञ्चालन गरेका चालकबाट जरिवाना बापत सो रकम सङ्कलन गरेको हो।

आर्थिक वर्ष २०८१/८२ मा साना ठूला गरी कुल एक हजार १२१ सवारीसाधन दुर्घटनामा परेका थिए। ती घटनामा ९३ जनाको मृत्यु भएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो। मृतकमा ७१ पुरुष, ११ महिला, ७ बालक र ४ बालिका रहेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *