दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
काठमाडौं। दरमखोला हाइड्रोपावरको आईपीओ आज बाँडफाड भएको छ। मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो।
२ लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने ५ जनाले थप एक कित्ता गरी ११ कित्ता आइपीओ प्राप्त गरेका छन्।
कम्पनीको आइपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेकोमा २२ लाख ८३ हजार २२६ जनाको आवेदन मात्रै सदर भएको छ भने १३ हजार २३९ जनाको आवेदन बदर भएको छ।
बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आइपीओ बाँडफाँड भएको हो। आइपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment