शेयर बजारमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो

डिसी नेपाल
२९ साउन २०८२ १७:०२
28
Shares

काठमाडौं । पछिल्ला केहि दिनदेखि निरन्तर ओरालो लागि रहेको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ। आज २.६२ अंकले बढेको बजार २७.८८ बिन्दुमा पुगेर रोकिएको हो। यसअघि बुधबार नेप्से परिसुचक १०.५० अंकले घटेर २७८५.७४ बिन्दुमा पुगेर रोकिएको थियो।

यसदिन कुल ३२० स्टकको ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार ७०४ रुपैयाँ बराबरको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर कारोबार भएको छ। बुधबार ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ७३४ रुपैयाँ बराबरको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर कारोबार भएको थियो।

आज सेन्सेटिभ इन्डेक्स ०.९३ अंकले घटेको छ। फ्लोट इण्डेक्स ०.११ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.३१ अंकले घटेको छ।

आज नेपााल रिपब्लीक मिडियाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस कमपनीको शेयर मूल्य प्रतिकित्ता ४९.१५ रुपैयाँले बढेर ५४१.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ। पञ्चकन्यामाई हाइड्रो पावरको शेयर मूल्य २२.२७ रुपैयाँले बढेर प्रतिकित्ता ४२२.६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

राधी जलविद्युत कम्पनीको शेयर मूल्य पनि आज प्रतिकित्ता ३३.८६ रुपैयाँले बढेर ७९८.०८ रुपैयाँमा अन्तिम कारबोर भएको छ। यस्तै अपर स्याङ्गी हाइड्रो पावरको शेयर मूल्य २८.०२ रुपैयाँले बढेर ६९१.६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *