राष्ट्रपतिसमक्ष चार नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
राष्ट्रपति भवन, शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा जर्मनी, फिनल्याण्ड, बुर्किनाफासो र कम्बोडियाका लागि नियुक्त राजदूतहरूले प्रमाणपत्र पेश गरेका हुन्।
जर्मनीका लागि आवासीय राजदूत उडो यूजेन भोल्ज, फिनल्याण्डका लागि आवासीय राजदूत पेट्री जुहानी पूहक्क, बुर्किना फासोका लागि गैरआवासीय राजदूत डेसिरे बोनिफास सोम र कम्बोडियाका लागि गैरआवासीय राजदूत राथ म्यानीले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।
समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई राजधानीस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment