जिल्ला र उच्च अदालतका २१० न्यायाधीशको सरुवा, को कहाँ?
काठमाडौं । न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा गरेको छ।
शुक्रबारको न्यायपरिषद् बैठकले उनीहरूलाई सरुवा गरेको हो। सरुवा हुनेमा ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीश रहेका छन्।
यस्तै विशेष अदालतका अध्यक्ष र चार जना सदस्यको पनि सरुवा गरिएको छ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको पनि सरुवा गरिएको हो।
उनको उच्च अदालत जनकपुरको न्यायाधीशमा सरुवा गरिएको छ। उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षको जिम्मेवारी दिइएको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment