संघीय धर्मनिरपेक्ष गणतन्त्र धोका हो, असफल भयो : कमल थापा

डिसी नेपाल
३१ साउन २०८२ ७:१८
16
Shares

काठमाडाैं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र धोका भएको र यो ब्यबस्था र प्रणाली असफलसिद्ध भएको बताएका छन्।

शुक्रबार भक्तपुरमा पार्टीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले यो ब्यबस्था र प्रणाली भ्रष्टहरुको संरक्षक बनेको समेत दाबी गरे। उनले सरकार भ्रष्टाचारको काण्ड नै काण्डमा फसेको भन्दै भ्रष्टहरु जोगाउनमा तल्लीन भएको समेत आरोप लगाए।

उनले राप्रपा नेपाल सांगठनिक रुपमा अहिले तत्काल कमजोर रहेको स्विकार्दै तर बैकल्पिक बिचार र मार्गचित्र यहि पार्टीसँग भएको जिकिर समेत गरे। अहिले पार्टी जनता र संगठन केन्द्रित हुनुपर्नेमा जोड दिँदै आन्तरिक रुपमा आन्दोलन तयारीमा लाग्न समेत कार्यकर्ताहरुलाई निर्देशन दिए।

चुनाबमा टिकट पाउन, जित्न, सरकार बनाउन र सरकार टिकाउन बिदेशीको आशीर्वाद लिने आत्मसमर्पणबादी मानसिकता यो ब्यबस्थामा हाबी भएको भन्दै उनले गणतन्त्रले बिदेशी दबाब, प्रभाब र हस्तक्षेपलाई बढावा दिएको समेत बताए।

राप्रपा नेपाल स्थापनाको छुट्टै दीर्घकालीन महत्व र औचित्य भएको भन्दै थापाले अबस्था बदल्न ब्यबस्था बदल्नुपर्नेमा जोड दिए। कार्यक्रममा डाक्टर सुदर्शन सुवेदी, माधब खत्री , श्याम नेपाल ,बिकास प्रजापती लगायतले बोलेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *