जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट सम्झौता: iPhone र MacBook मा आकर्षक अफर

डिसी नेपाल
२ भदौ २०८२ १०:२८
36
Shares

काठमाडौं। जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरका सेवा तथा उत्पादनमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौताअन्तर्गत, प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले iPhone र MacBook मा ५% छुट पाउनेछन्। साथै, iPhone र MacBook का accessories मा २०% सम्म छुट प्रदान गरिनेछ। क्रेडिट कार्ड होल्डरहरूले Instrapay Scheme मार्फत किस्ताबन्दी सुविधा पनि उपयोग गर्न सक्नेछन्।

यो छुट सुविधा जोय स्टोरमा प्रत्यक्ष उपलब्ध हुनेछ। सम्झौता पत्रमा जोय स्टोरको तर्फबाट कार्यकारी निर्देशक गुरु दत्त शर्मा र प्रभु बैंकको तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।

प्रभु बैंक, नेपालभर ३१२ शाखा, २८६ एटीएम र ६८ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रवाह गर्दै आएको छ।

हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित यस बैंकले ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ आधुनिक प्रविधि मार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै, बैंकले फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मान प्राप्त गरेको छ। छुट सम्झौता


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *