सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
५ भदौ २०८२ १०:४०
304
Shares

काठमाडौं। स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९४ हजार ८०० निर्धारण भएको छ। त्यति नै परिमाणको चाँदी दुई हजार २९० मा खरिदबिक्री भइरहेको छ।

बुधबार एक तोला सुन रुएक लाख ९३ हजार ५०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार २५५ मा क्रयविक्रय भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *